आज: २०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

भोटेकोशी बाढी अपडेट, मृतकको संख्या ७८८ पुग्यो, बेपत्ताहरुको अवस्था अझै अज्ञात

२०८३ भाद्र १५, सोमबार मा प्रकाशित ( ३९ मिनेट अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ १५ भदौ ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म मृत्यु हुनेको संख्या ७८८ जना पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजे अद्यावधिक गरेको विवरण अनुसार विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जानकारी दिएको हो।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १२० जना मृत्यु भएकाहरुको शव भेटिएको छ।

यसका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा भदौ १० गतेको विनाशकारी वाढीपछि अझै करिव २ हजार ५०० जनाको अवस्था अज्ञात रहेको छ ।

प्राधिकरणले हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको घ भने उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको जनाइएको छ। उक्त्त विनाशकारी बाढीले विशेषगरी प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाको काम जारी रहेपनि तर आज ६ दिन बितिसक्दा पनि बेपत्ता परिवारले आफ्ना,आफन्त कहाँ कुन अवस्था छन् भन्ने कुरा अज्ञातै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस