
नारी वाटीका डट्कम
धादिङ -१५ भदौ ।
नारायणी नदीका तटीय क्षेत्रमा भोटेकोशी बाढीले बगाई ल्याएका २ सय ५५ शव र १ सय ७ मानव अङ्ग भेटिएका छन् ।
भदौ १० गते त्रिशुली नदीमा आएको भिषण बाढीले बगाएर आइतबार साँझसम्म नवलपरासी पूर्वमा ४७ महिला ७१ पुरुष ११ बालक र १४ बालिका गरी १ सय ४३ शव तथा ६४ मानव अङ्गका टुक्राहरु भेटिएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।
भेटिएका शवहरुमध्ये ४ महिला १० पुरुष १ बालक गरी १५ शवको पहिचान भई परिबारका सदस्यले बुझि लगेको तथा १७ महिला, २७ पुरुष, ४ बालक ४ बालिका र ४१ अन्य गरी ९३ शवको जमिनमुनि अस्थायी व्यवस्थापन गरिएको छ ।
शवहरू व्यवस्थापनका लागी गण्डकी अस्पताल पोखरा,प्रदेश अस्पताल तानसेन पाल्पा तथा नवलपरासी कै नगर अस्पताल गैडाकोट,मध्यविन्द,प्रदेश अस्पताल डण्डा र स्थानीय अंकुर वनको होल्डिङ्ग सेन्टरमा राखिएको बताइएको छ ।
प्रहरीका अनुसार व्यवस्थापन हुन बाँकी रहेका शवहरु भने जुन शवहरू नवलपरासी पूर्वका गैडाकोट,देवचुली,सदरमुकाम कावासोती,मध्यविन्दु नगर तथा विनयी त्रिवेणी गाउँपालिकाको नारायणी नदी तटीय क्षेत्रमा फेला पारी संकलन गरिएका थिए ।
यस्तै भारतीय सीमावर्ती क्षेत्रमा समेत चार वटा शव भेटिएका थिए । संकलित शवहरूलाई भिम अस्पताल भैरहवा,पिपरा अस्पताल कपिलवस्तु,लुम्बिनी प्रदेश अस्पताल बुटवल र पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको प्रहरले जनाएकोछ ।
भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति पुराएको छ । उक्त बाढीमा परी सम्पर्क विहीन रहेका आफन्तको खोजिमा नारायणी किनार पुगेका स्थानीयले भने आइतबार मात्रै कावासोती १२ पिठौलीघाटमा केहीवेरमै ७ जनाको शव भेटेका थिए ।












प्रतिक्रिया दिनुहोस