आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

रसुवामा कार्यरत भन्सार अधिकृत शर्माको गोरखामा मृत शव भेटियो

२०८३ भाद्र १६, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २५१२ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
गोरखाा -१६ भदौ ।

रसुवाको टिमुरे भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्माको मृत अवस्थामा गोरखामा शव भेटिएको छ ।

यही भदौ १० गते रसुवाको भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको भिषण बाढीपछि सम्पर्क विहीन अवस्थामा रहेका भन्सार अधिकृत शमौको शव गोरखातर्फको त्रिशूली नदीको किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनु भयो।

हुम्लाको ताजाकोट गाउँपालिका–२ घर भइ हाल नुवाकोटको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत शर्माको आज शव फेला परेपछी पोष्टमार्टमका आधारमा उनको पहिचान खुलेपछी आजै उनका परिवारले शव बुझी लिएका हुन्।

अधिकृत शर्मा लगायत गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑