
बिबियु,नारी वाटिका डटकम
धादिङ -२३ भदौ ।
जेनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ। एक वर्षअघि ठिक आज कै दिन भदौ २३देखी २४ गते भएको हजारौँ युवाहरु सडकमा उत्रिएर देशमा चरम भ्रष्टाचार,नातावाद, बेरोजगारी,राजनीतिक अस्थिरता, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धमा आन्दोलन गरिएको थियो ।
मुलुकमा खरबौंको निजी तथा राष्ट्रका सम्पत्ति ध्वस्त हुनेगरी भएको आन्दोलनले नयाँ पुस्ताको राजनीतिक तथा सामाजिक बेथितिका चरम अत्याचारलाई सतहमा ल्याइएको थियो । यस्तै पुराना राजनितिक नेतृत्व विशेषगरी उक्त समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीको नेतृत्वमा रहेको राज्य सञ्चालनको शैली र राजनीतिक नेतृत्वमाथि प्रश्नै प्रश्न उठकोे थियो।
उक्त आन्दोलनको मुख्य एजेण्डा नै सुशासन, प्रशासनिक बेथितिको सुधार, कर्मचारीदेखी राजनितिक नेतृवसम्ममा मौलाएका चरम भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा,देशभित्रै रोजगारको अवसर र युवाको सहभागितालाई जोड थियो ।
हजारौं युवाको सहभागिता रहेको उक्त आन्दोलनले सत्ता सन्चालनमा नातावाद,कृपावाद लगायतका शैलीको सुधार,सार्वजनिक तथा नेताले गरेका राज्यका सम्पत्तिमाथी दोहन रोक्न, मन्त्रालयको सङ्ख्या घटाउने, सार्वजनिक सेवा डिजिटल बनाउने तथा ‘नागरिक एप’ मार्फत सरकारी सेवा सहज बनाउने जस्ता तत्कालै परिवर्तन र सुधार गर्न सक्ने सवालको माग रहेको थियो।
सोही आन्दोलनले देश जनताले त्यसअघि कहिल्है नाम नसुनेका युवाहरुको सहभागितामा मन्त्री,प्रधानमन्त्रीहरुले बनेको रास्वपाको एकल सत्ता संचालनमा छ । जेनजी आन्दोलनको जगबाट बनेको वर्तमान सरकारले युवाले उठाएका रोजगारी, गुणस्तरीय शिक्षा, अवसरको समानता, पारदर्शिता र राज्यप्रतिको विश्वासका प्रश्न भने अझै सम्बोधन हुन सकेको छैन ।
जेनजी आन्दोलनको वास्तविक सफलता सरकार परिवर्तनमा नभई राज्य सञ्चालनको संस्कार परिवर्तन र नागरिकको दैनिक जीवनमा देखिने नयाँ र देशका गरिब,न्युन वर्गीय नागरिकले महशुस र उनीहरुको बिहान बेलुकीको छाक टार्न सक्ने समेत वर्तमान सरकारको राज्य संन्चालनको मुख्य परिणाममा निर्भर रहने हुनाले त्यही दिनको प्रतिक्षामा रहेको देखिन्छ ।
यद्यपि रास्वाको नेतृत्व र युवाहरुको सहभागितामा मुलुकमा एकल सरकार निर्माण भएको यतिबेला ७ महिना मात्रै भएको छ । त्यसैलै अहिलै ति सबै अपेक्षाहरु पुरा गर्न सक्ने अवस्था भने भैइसकेको छैन ।
एक वर्षअघि सडकमा उठेका परिवर्तनको ति आवाजले वर्तमान सरकारले नेपाली पन,धर्म संस्कृतिलाईसमेत खलल हुन नदिई राज्यमा पहिचान र सम्पत्तिको जगेर्ना गर्दै नाराभन्दा नीति र परिणाम खोजिरहेको छ ।












प्रतिक्रिया दिनुहोस