
फाइल तस्वीर :
बिबियु,नारी वाटीका डट्कम
धादिङ -२५ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित भएका पीडितहरुमाथि सामाजिक सञ्जालमार्फत हुने अपमान र साइबर बुलिङप्रति कडा आपत्ति जनाउनु भएको छ ।
बुधबारको संसद् बैठकमा लामिछानेले भदौ १० मा आएको भोटेकोशी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएका पिडितहरुमाथी उल्टै साइबर(सामाजिक) संन्जालमार्फत घृणा र अपमानजनक भाषा प्रयोग गरेको घटनालाई सामान्य रुपमा लिन नहुने बताएका हुन् ।
सभापति लामिछानेले भोटेकोशी घटनामा ज्यान गुमाएका परिवारमा ठूलो विपद्का बीच पनि प्रभावित क्षेत्रका नागरिकले एकअर्कालाई साथ दिँदै पुनः उठ्ने प्रयास गरिरहेको धारणा राखेका छन् ।
अकल्पनीय विपद्का कारण शोकमा रहेका नागरिकमाथि सामाजिक सञ्जालबाट प्रहार गर्ने र उनीहरूको पीडामाथि टिप्पणी गर्ने प्रवृत्तिप्रति कडा रुपमा सरकार प्रस्तुत हुन समेत निर्देशन दिए।
‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने, शोकमा रहेका नागरिकमाथि प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैन। हामीलाई त उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ,’ उनले भने।
उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताले बाढीपीडितबारे तुच्छ टिप्पणी वा साइबर बुलिङ गरेको प्रमाणित भए कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् । साथै त्यस्तो गतिविधिमा संलग्न हुनेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने उनको भनाइ छ।
‘उनले पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई चाहिएको छैन,’ विपद्ले कुनै राजनीतिक दल वा समूह छुट्याएर क्षति नगर्ने भएकोले यस दुखदको घडीमा बाढीपीडितको अपमान गर्ने जोसुकै भए पनि आफूहरूलाई स्वीकार्य नहुने धारणा व्यक्त गरे।
विपद्को बेलामा पिडितहरूको गुनासोलाई लिएर साइबर बुलिङ गर्नेहरू हाम्रा कार्यकर्ता हुन सक्दैनन्,’ उनले भने, ‘विपद्ले कुनै दलको नेता वा कार्यकर्ता भनेर हान्दैन। त्यसैले बाढीपीडितलाई अपमान गर्ने जोकोही हामीलाई चाहिँदैन।’












प्रतिक्रिया दिनुहोस