आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपात हुने

२०८३ आश्विन ३०, शुक्रबार मा प्रकाशित ( २ मिनेट अघि) २१८ पटक पढिएको
नारी बाटिका


‍बिबियु,नारी वाटिका डट्कम
धादिङ -३० असोज ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी लगायतका प्रदेशका पहाडी भेगमा चट्याङ्गसहित मध्यम वर्षा हुने बताइएको छ।

साथै,आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराई भु-भागका केही स्थानमा बिहान पख हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑