आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

१० जना सवार सुमो गाडी सुनकोशीमा खस्यो, ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक २, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) ३११ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१ कार्तिक ।

काठमाडौंबाट खोटाङ तर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीको सुनकोशी नदीमा खस्दा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । साथै सोही गाडीमा सवार अन्य तीन जना पनि बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको फिकल गाउँपलिका ६ स्थित २९७६ नम्बरको सुमो गाडी सडकबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटना भएको उक्त सुमो गाडी सुनकोसी नदीमा आधा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सुमो चालकसहित १० जना सवार रहेको बताइएको छ।

गाडीमा सवार १० जनामध्य ४ जनाको भने सकुशल उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


↑