आज: २०८३ कार्तिक ३, सोमबार | Mon, 19, Oct, 2026

जुम्लामा बम विस्फोट हुंदा दुई जना घाइते

२०८३ कार्तिक ३, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


जुम्ला -२ कार्तिक ।

जुम्लाको हिमा गाउँपालिका–ओदी भन्ने ठाउँमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइेतेमध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार विस्फोटमा घाइतेमध्ये १४ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । अर्का घाइतेको अवस्था भने सामान्य छ।

उपचारका लागि गम्भीर घाइते बालकलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। प्रारम्भिक जानकारी अनुसार युद्धकालीन बम विस्फोट भएको आशंका गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑