आज: २०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

चीनको तिब्बतमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु,३२ घाइते

२०८३ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( १ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


काठमाडौं-६ कात्तिक ।

दक्षिणपश्चिम चीनको सिजाङ क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । प्रारम्भीक सुचना अनुसार ३२जना घाइते भएको बताइएको छ । तर रातको समयमा गएको शक्तिशाली उक्त भुकम्पले सयौं व्यक्तिहरु प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ ।

चीनको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा गएराति १० बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनाको सामान्य अवस्था रहेको बताइएको छ।

प्रारम्भीक विवरण अनुसार उक्त भूकम्पले ३३९ भन्दा बढी घर भत्किएर क्षति पुगेको जनाएको छ । यद्यपि उक्त भूकम्पबाट के कति क्षति भयो भनेर विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य भइरहेको संन्चार माध्यमले बताएका छन्।

साथै चीनको सरकारी प्रसारण संस्था सीसीटीभीले जानकारी गरे अनुसार यस क्षेत्रमा गएको पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली भुकम्प रहेको बताएको छ। भूकम्पबाट भएको विस्तृत क्षतिको विवरण संकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको समाचार एजेन्सीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑