
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२१ कात्तिक ।
आज तिहारको दोस्रो दिन अर्थात् कार्तिक २१ गते काग तिहार, काकवलि र धन्वन्तरी जयन्ती मनाइँदैछ। काग तिहार र काकवलि, यमपञ्चकको यो दिन कागलाई यमराजको दूत मान्दै बिहानै कागलाई मीठा परिकार खान दिने र काकवलि दिने परमपरा छ।
धन्वन्तरी जयन्तीका दिन आयुर्वेदका प्रवर्तक एवं देव चिकित्सक भगवान् धनवन्तरीको उत्पत्ति भएको दिनका रुपमा तथा उहाँकै सम्झनामा आज आयुर्वेद चिकित्सा क्षेत्रमा विभिन्न कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइने गरिन्छ ।
तर यस वर्ष तिथिको घटबढीका कारण हिजै अर्थात कात्तिक २० गते नै धनवन्तरी सुरु भई आज (शनिबार) बिहान १० बजेर ४७ मिनटसम्म रहने नेपाल पञ्चाङ्ग निर्णयाक समितिले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस