आज: २०८३ कार्तिक २२, शनिबार | Sat, 07, Nov, 2026

रविको सरकारसहित कार्यकर्तालाई दम्भ त्याग्नू–धेरै नमात्तिनू भन्ने निर्देशन

२०८३ कार्तिक २२, शनिबार मा प्रकाशित ( ९ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२१ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  चुनावमा दुइ तिहाई जितेपछी नेता–कार्यकर्ताको ‘भुइँमा खुट्टा नभएको’ भन्दै तत्काल सच्चिन चेतावनी दिएका छन् ।

गत फागुन २१ मा सम्पन्न आम निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलतापछि पार्टीका नेता–कार्यकर्ताहरू मात्तिएको भन्दै कडा आलोचनाका साथ निर्देशन दिएका े हुन् ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता–कार्यकर्ताको ‘भुइँमा खुट्टा नभएको’ भन्दै तत्काल सच्चिन चेतावनीसमेत दिए ।

सभापति लामिछानेले सरकारलाई सचेत गराउनु मेरो जिम्मेवारी हो, पार्टीभित्रको बेथिति र अराजकता सहन्नँ, यस्तै सरकारलाई सही दिशामा अघि बढ्न सचेत गराउनु आफ्नो जिम्मेवारी भएको बताएका हुन्। उनले पार्टीभित्र कुनै पनि प्रकारको बेथिति, अराजकता र आर्थिक शक्तिको प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नरहेको बताए। सरकारलाई नागरिकको सेवामा स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई मर्यादित र सुसाशीत राजनीतिक संस्कार अपनाउन आग्रह पनि गरे।

यसैगरी, उनले पार्टी र सरकार दुवैको प्राथमिकता नागरिकको सेवा र सुशासनमा हुनुपर्नेमा जोड दिए। पछिल्ला समयमा आफ्नै पार्टीको सरकार छ । तर हाल न्यायालय, प्रहरी तथा प्रशासन जस्ता राज्यका मुख्य अंगमाथि सार्वजनिक स्थानमा बसेर प्रमाणविनाका टिप्पणी गर्दा ती निकायको मनोबल कमजोर हुने उनको स्पष्ट धारणा आएको छ।

यसका साथै राज्यका जिम्मेवार संस्थाभित्रका कमी कमजोरी र बेथिति भए विधिसम्मत प्रक्रियाबाट सुधार गर्नुपर्नेमा नचाहिँदा कुरामा राज्यका निकाय तथा प्रमाण बिना,बिना आधार टिका टिप्पणी तथा दुख दिने काम गर्दा रास्वापाको एकल वहुमतबाट बनेको सरकार तथा सिंगो पार्टीको बतनाम हुने मात्रै हैन आम नागरिकले रास्वापाप्रति हेर्ने दृष्टीकोण नै बदल्न सक्ने स्पष्ट पारेका हुन् ।

पार्टीभित्र आर्थिक स्रोत र धनशक्तिको प्रभाव बढ्दै गएकोप्रति पनि उनको चिन्ता बढेको धारणा राख्दै कुनै व्यक्ति वा समूहको स्वार्थ अनुसार पार्टी सञ्चालन गर्ने प्रवृत्तिले संगठनमाथि सीमित व्यक्तिको नियन्त्रण कायम हुन सक्ने भन्दै उनले कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन्।

साथै पछिल्ला दिनहरुमा सरकारका जनहित विपरितका कामप्रति असन्तुस्टी व्यक्त गर्दा धम्की दिने,प्रहरी लगाएर पक्राउ गर्ने,थुन्ने,दुख दिने काम भइरहेको छ भने अर्को तर्फ रास्वपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा फरक विचार राख्ने व्यक्तिमाथि अश्लील, अपमानजनक र अमर्यादित भाषा प्रयोग गर्ने प्रवृत्ति समेत बढेकोले सभापति लामिछानेले यस्ता गतिविधिको कडा आपत्ति जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑