आज: २०८३ अषाढ १२, शुक्रबार | Fri, 26, Jun, 2026

निर्वाचन आयोगमा भण्डारी र तुलाधर सिफारिस

२०७७ पौष ५, आईतबार मा प्रकाशित ( ५ साल अघि) १२६५५ पटक पढिएको
नारी बाटिका


५ पुस, काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिको सिफारिस गरेको हो ।

स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भए लगतै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।

निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस