आज: २०८३ मंसिर ५, शनिबार | Sat, 21, Nov, 2026

धादिङको रुभिभ्यालीमा भएको सवारी दुर्टनामा एकको मृत्यु,९घाइते, दुइको अवस्था गम्भीर

२०८३ मंसिर ५, शनिबार मा प्रकाशित ( ६ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -५ मंसिर ।

धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा शुक्रबार बिहान भएको बोलेरो जिप दुर्घटनामा १ महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

घटनाको समय र स्थान। मंसिर ४ गते सुक्रबार बिहान करिब १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बा(प्र(०२०३३ च ७१६९ नम्बरको बोलेरो जिप उकालो बाटोमा आफै अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइतेको काठमाडौं टेकुस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्य दुइ जनाको अवस्था गम्भीर रहेकोछ भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑