धादिङ,२माघ
सम्पुर्ण नेपाली पाठक वर्गहरुमा यो प्रशारण गर्न पाउँदा हामी ज्यादै हर्सित भएका छौं किनकी २५ वर्षदेखी माहला बालबालिकाको क्षेत्रमा लैंगिक हिंसा अन्त्य गरी महिला अधिकार र विकासमा समान सहभागिता हुनु पर्छ भन्ने मान्यताको साथ लैंगिक हिंसा विरुद्धमा हाम्रो ग्रामिण भेगका कुना कुनामा बसोवास गर्नु हुने दाजुभाई तथा दिदीवहिनीहरुमा नेपाली महिलाको सुचनाको माध्यमबाट लैंगिक हिंसा विरुद्धका सवाललाई अन्त्य गर्नको समाजलाई सु सुचित गराउने यो संस्थाको प्रमुख लक्ष हो । त्यसैले हामी तालिम,गोष्टिी,अभिमुखीकरण,पत्र पत्रिका,टिभी टेलिमिभजन,समुह निर्माण परिचालन,सडक नाटक,विभिन्न लेख रचना,गित संगित,कविता जुनसुकै तवरबाट भएपनि समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गराउनु कत्यव्य ठान्दछौ हामी र दशकौं देखी लैंगिक भेदभाव अन्त्यको लागी नेपाली समाज संग गुहार मागी रहेकाछौं भने दरिलो कानुन निर्माण र फितलो कार्यन्वयन तहलाई प्रभावकारी बनाउन पर्ने नैतिक रुपमा जुन जसको सरकार बनेपनी मुद्दा लडिरहेकाछौं हामी । यस कार्यबाट सन्देश बाट नारी आवाज वुलन्द गरी सेवा प्रभाह गर्ने मुख्य उद्देस्यले नारी विकास र नारी जागरण केन्द्रको सयुक्त प्रयासमा केन्द्रले धधध।लबचष्दबतष्पब।अयm संस्थाको वैवसाईट निर्माण गरिएकोछ भने विगतदेखी नै समुदायमा कृर्षी,खानेपानी,सिंन्चाई,सुरक्षित मातृत्व,अपाङता,जेष्ठ नागरिक,बालबालिका सवालमा काम गरी रहेको र अवका दिनहरुमा पनि यस,सवालहरुलाई उजागर गरी निरन्तरता दिदै सम्वन्धित क्षेत्र सम्म पिडितका आवाज पहुँच पुर्याउन नारी वाटिका डट् कम संचालनमा आएकोछ । लैंगिक सवालमा काम गर्दै आईरहेकोछ । विशेष गरी केन्द्रले घरेलु हिंसा विरुद्धमा वकालत, पैरवी,हिंसा प्रभावितका लागी निसुल्क कानुनी उपचारमा सहजीकरण गर्दै घरेलु हिंसाका कारण न्यायका लागी अड्डा अदालत धाउन पर्ने परिस्थतीमा श्रीमान्कै घरमा बसेर आफुमाथी भएको अन्यायका विरुद्धमा आवाज उठान ज्यानै जोखिम हुने भएकोले “सुरक्षित आवास तथा सेफ हाउस” आवाश्यकता पर्ने भएकोले केन्द्र अन्तर्रगत नारी बिकास सहकारीको जग्गामा सयुक्त पहलमा भवन समेत निर्माण भईरहेको छ भने भविश्यमा पनि यस केन्द्रबाट समुदायलाई सेवा पुर्याउनु हाम्रो दायित्व हो । यदी तपाई हाम्रो अभियान संग जोडिन चाहानु हुन्छ भने ईमेल,फेसबुक,टेलीफोन,वैवसाईट, नारी बाटिका डट्कम अनलाईन मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।
जानकारी लिई दिनु भएकोमा धन्यवाद
काठमाण्डौ, १७ चैत सुक्रवार ।
मुलुकमा फेरी नयाँ मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनु भएको छ ।
१७ सदस्यीय रहेको नवगठित मन्त्रिपरिषद् बनेको छ । मन्त्रिपरिषद्ले पूर्णता पाउन बाँकी नै रहेको हुंदा प्रधानमन्त्री पुष्पकमल दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय रहेको छ ।
त्येस्तै आजै गठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीमा पूर्ण बहादुर खड्का र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ रहनु भएको छ । यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा डा बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक कुमार राई र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरतसिंह भण्डारीले जिम्मेवारी पाउनु भएको छ ।
यस्तै, अर्थमन्त्रीमा डा प्रकाश शरण महत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा महिन्द्रराय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शक्ति बहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमन लाल मोदीले जिम्मेवारी पाउनु भएको छ । सञ्चार मन्त्री शर्मा, पर्यटन मन्त्री किराती र सङ्घीय मामिला मन्त्री मोदी यस अघि नै मन्त्री बनीसक्नु भएको छ ।
यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा प्रकाश ज्वाला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल, शहरी विकास मन्त्रीमा सीता गुरुङले जिम्मेवारी पाउनु भएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुशिला सिर्पाली ठकुरी हुनु हुन्छ ।
राष्ट्रपति भवनमा सुक्रवार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष नव नियुक्त उपप्रधानमन्त्री र मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आजे मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
धादिङ, १७ चैत सुक्रवार
ब्याडमिन्टन प्रतियोगिता तेस्रो मेयर कप २०७९ आजदेखी सुरु हुने भएको छ । धादिङवेशीमा आजदेखि सुरु भएको जिल्ला तथा राष्ट्रिय स्तरको खुल्ला ब्याडमिन्टन प्रतियोगिता तेस्रो मेयर कप २०७९ को सम्पुर्ण तयारी पुरा भएको विहिवार जिल्ला व्याडमिन्टन संघले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
नीलकण्ठ नगरपालिकाको आयोजना,जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन र नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा आज विहान देखी जिल्ला स्तरिय प्रतियोगिता सुरु भएका होे ।
धादिङबेशी स्थित कबड्डी हलमा सुरु भएको उक्त प्रतियोगिता आज र भोली २ दिनसम्म चल्नेछ भने यही चैत २२ बाट सुरु हुने राष्ट्रिय स्तरिय ब्याडमिन्टन प्रतियोगितामा भाग लिनको लागी बिभिन्न जिल्लाबाट तीन सय भन्दा बढी खेलाडीहरु सहभागी हुँने भएका छन्।
जिल्ला स्तरिय प्रतियोगिता आज बाटदेखी सुरु भए पनि आधिकारीक उद्घाटन भने चैत २३ गते मात्रै हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा बिभिन्न ९ इभेण्टमा प्रतिस्पर्धा हुने धादिङ ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताउनु भयो ।
जसमा जिल्ला स्तर पुरुष युगल बि, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटा एकल, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकल, राष्ट्रिय स्तर पुरुष एकल, राष्ट्रिय स्तर महिला एकल, राष्ट्रिय स्तर पुरुष युगल९¥याकिंङ २० बाहेक मात्र०, राष्ट्रिय स्तर निर्वाचित जनप्रतिनिधी पुरुष युगल, राष्ट्रिय स्तर भेन्ट्रास ४५ बर्ष माथि पुरुष युगल र राष्ट्रिय स्तर भेन्ट्रास ५५ बर्ष माथि पुरुष युगल रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
जिल्ला स्तरिय पुरुष युगल बि तर्फ प्रथम पुरस्कार रु, ३० हजार, द्धित्तिय रु,२० हजार र तृतीय रु, १५ हजार) शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय यु १७ बर्ष मुनिका केटा एकलतर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार) शिल्ड मेडल र प्रमाण पत्र, राष्ट्रिय स्तर १७ बर्ष मुनिका केटी एकल तर्फ प्रथम २५ हजार, द्धित्तिय १५ हजार र तृतीय १२ हजार) शिल्ड मेडल र प्रमाण पत्र, रहेको छ ।
नारी वाटिका संवाददाता
काठमाडौं, १६ चैत ।
आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिन । नेपालीहरुले व्रत,पुजा पाठ र भगवान रामचन्द्रको आरधाना गरी मनाइन्छ । हिजो चैतेदशैंको भोलीपल्ट तथा चैत महिनामा पर्ने विषेश गरी हिन्दुधर्मालम्वि हरुले मनाउने पर्व चैते दशैं का दिन नवदुर्गाको पूजा आराधना गरी देशभर मनाइएको हो । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दशैं मनाउने गरिन्छ ।
यस दिन देशका विभिन्न जिल्लामा अवस्थित शक्ति पीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन रही आएको छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो पर्व हो । संस्कृति विदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो ।
यी दशैंहरू मध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्र २ मात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्म कालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिर कालीन नवरात्र विलुप्त प्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी ४ दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने फरक फरक रहेको संस्कृतिविद् हरु बताउने गर्दछन् ।
संस्कृर्ती विदका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाणहरु पनि भेट्न सकिन्छ । ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्म कालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिर कालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख गरिएको पाइन्छ ।
यस प्रमाणले मध्यकालमा सर्वसाधारण मानिसहरुले समेत चारवटै दशैं मनाउने गरेको पुष्टी हुन्छ ।’ अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने प्रचलन रही आएको छ ।
धादिङ, १५ चैत वुधवार ।
नक्कली नोट सहित विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीबाट एकजना युवक पक्राउ परेका छन् । एकहजार रुपैयाँको ४ नक्कली नोट सहित २५ वर्षिय स्थानीय युवक विकास नेपाली पक्राउ परेको प्रहरी चौकी फुलखर्च बसेरीले जानकारी दिएको हो ।
पक्राउ परेका नेपालीले गाउँको फरक फरक पसलमा नक्कली नोटबाट सामान खरीद गरेको भेटिएपछि आरोपी नेपालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने नेपालीले उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको बताएका छन् ।
आरोपी नेपाली झुकानमा परी, अरु कसैले फसाएर नक्कली नोट दिएको वा नीज आफैले नै जानी बुझी नक्कली नोट कारोबार गर्ने गिरोहसंग संलग्नता रहेको हो भन्ने विषयमा अनुसन्धान भैइरहेका धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
२ दिन अघि मात्रै स्थानीय गोकुल न्यौपानेको घरबाट रातीको समयमा खसी चोरी भएको जानकारी आएपछि खोजी गर्ने क्रममा नक्कली नोट सहित नेपाली पक्राउ परेका हुन् ।
खसी चोरी गर्नको लागी गाउँकै एक नाबालकलाई प्रयोग गरेका थिए भने चोरी गरेको उक्त खसी काटेर खाइसकेको आरोपी बालकको भनाई रहेको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
नारी वाटिका संवाददाता
धादिङ – १५ चैत वुधवार ।
धादिङ बचत तथा ऋण सहकारी संघको २२ औं स्थापना दिवसको अवशरमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । बचत सहकारीहरुको छाता संघ जिल्ला बचत संघले रक्तदान कार्यक्रम राखी आफ्नो २२ औं स्थापना दिवस मनाएको हो
स्थापना दिवसको अवसरमा संघले सदरमुकाम स्थित जिल्ला अस्पताल धादिङको प्राङगणमा बृहत खुल्ला रक्तदान कार्यक्रम राखेको थियो । धादिङमा विगत देखी नै सहकारी संस्थाहरु,गैसस.हरु लगायत आफ्ना स्थापना दिवश,वार्षिक साधारण सभाको अवशरमा रक्तदान कार्य गर्दै आएका छन् ।
त्येस्तै नियम र नितिमा चलेका सहकारी संस्थाहरले बचत तथा ऋणको काम मात्रै नभएर सामाजिक तथा रचनात्मक कार्यहरु पनि गर्ने गरेका छन् ।
यस्तै स्थापना दिवसको अवसरमा जिल्ला सहकारी बचत संघदारा आयोजित रक्तदान कार्यक्रममा ३२ जना पुरुष र २३ जना महिला गरि जम्मा ५५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । यसका साथै संस्थाले रक्तदान गर्ने मानिसहरुलाइ सम्मान पत्र सहित सम्मान पनि गरेको थियो ।
काठमाडौं, चैत १४ मंगलवार।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गर्नु भएको छ ।
शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा सो प्रदर्शनीको उद्घाटन गर्दै थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताउनु भएको हो ।
नेपालमा नयाँ प्रविधि भित्र्याउन र नविनतम् उद्योग स्थापना गर्न चाहनेका लागि यो राम्रो अवसर हुन सक्ने उहाँको भनाई रहेको छ ।
‘खास गरी यो क्षेत्रको (५ पी रिलेटेड) काम गर्नेहरूलाई नयाँ प्रविधि के कस्तो आयो भन्ने कुरा थाहा पाउन सजिलो भयो र अर्को सानो स्केलमा नयाँ काम गर्छु भन्ने युवाहरूका लागि यहाँ आएर थोरै लगानीमा पनि काम गर्न सकिन्छ भन्ने शिक्षा यस प्रदर्शनीले दिन्छ भन्ने मलाई लाग्छ,’ थापाले भन्नु भयो ।
चैत १२ सम्म चलेको प्रदर्शनी स्थलमा भेटिएका अवलोकन कर्ताहरूले नयाँ व्यवसाय गर्न चाहने र नयाँ ज्ञान लिन चाहनेका लागि प्रदर्शनी फलदायी
भएको बताएका छन् ।
प्रदर्शनी स्थलमा भेटिएका मोरङका राजेन्द्र न्यौपानेले आफू जस्तो नयाँ व्यापार सुरु गर्ने प्लान गरिरहेका युवालाई यो प्रदर्शनीले उत्साह र ज्ञान दुवै दिएको प्रतिक्रिया दिए ।
उनले भने ‘ हामीहरू जस्ता नयाँ व्यवसाय गर्ने सोच बनाएका हरूलाई प्रदर्शनीले धेरै ज्ञान दिने रहेछ र नयाँ प्रविधिसँग अपडेट हुने मौका पनि मिलेको छ ।’
त्यस्तै प्रदर्शनीमै भेटिएकी काठमाडौँकी सानले नयाँ प्रविधिबारे जान्न र बुझ्न चाहनेका लागि प्रदर्शनी फाइदा जनक रहेको बताइन् । उनले भनिन् ‘ विशेष गरी नयाँ प्रविधिबारे जान्ने चाहने युवाहरूका लागि यो इभेन्ट निकै फलदायी भयो, धेरै नयाँ नयाँ प्रविधि हेर्ने र जान्ने मौका मिलेको वताएकी छन् ।’
कैलाली टीकापुरबाट आएर प्लास्टिकको डोरी लगायतका सामाग्रीको स्टल राखेर बसेका टीकापुर प्लास्टिक उद्योगका सञ्चालक मुकेश बहादुर बमले, प्रदर्शनीले व्यापार व्यवसाय गर्नेहरूका लागि राम्रो प्लेटफर्म प्रदान गरेको बताए । यस्ता प्रदर्शनीले उनी जस्ता व्यापारीलाई ब्रान्डको मार्केटिङ गर्न सहयोग पुग्ने उनको भनाई छ ।
‘नेपालमा नाइलनको डोरी उत्पादन हुन्छ, त्यो पनि राम्रो क्वालिटीको भनेर धेरैलाई थाहा नै छैन । यस्ता प्रदर्शनीले हामीलाई आफ्नो मार्केटिङ गर्नका लागि सहयोग मात्र पुग्दैन, ग्राहकलाई प्रत्यक्ष भेटेर बुझाउन पनि सकिन्छ ।’ उनले भने ।
त्यस्तै भारतको नयाँ दिल्ली बाट आएर प्रिन्टिङ मसिनको स्टल राखेका यश ब्लोअर्स प्रा।लि।का आलोक त्रिवेदीले पनि प्रदर्शनीले मार्केटिङका साथै नेपाली मार्केटको अवस्था बुझ्न निकै सहयोग पुगेको वताए । उनले एक्स्पो अवलोकनका लागि आएकाहरूले निकै रुचि देखाएको प्रतिक्रिया दिए ।
देश तथा विदेशमा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ व्यवसायसंग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी तथा नवीनतम प्रविधि प्रदर्शनमा सघाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकको दाबी छ । प्रदर्शनीले उद्योगी तथा व्यवासायी बीच मात्रै नभई देश विदेशका नविनतम प्रविधिबारे जान्न चाहने र नयाँ उद्योग स्थापना गर्न चाहानेलाई पनि ठुलो फाइदा पुगेको आयोजकको विश्वास रहेको छ ।
प्रर्दशनीमा १५ भन्दा बढी नेपाली स्टलहरु राखिएका थिए। जसमा प्लास्टिक जन्य उत्पादनमा आधारित सामाग्री धेरै थिए । प्रर्दशनीमा, नेपालमै उत्पादन भएका नाइलनका डोरी, डिस्पोजेवल कप, गिलास, प्लेट, प्लास्टिकका बोत्तल, फुड प्याकेजिङका लागि आवश्यक पर्ने कभर, औषधीका लागि चाहिने कभर, जस्ता पाता लगायतका विविध सामग्रीहरुको अवलोकन तथा आवश्यक जानकारी लिएको थियो ।
विशेष गरि प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका व्यवसायीले सहभागिता जनाएको उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी स्टलहरु राखिएका थियो ।
सुक्रवारबाट सुरु भएको नेपालको तेस्रो अन्तराष्ट्रिय फाइभ पी प्रदर्शनी १२ गते सम्म संन्चालन भएको थियो । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको प्रदर्शनीको शुक्रवार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नु भएको थियो ।
धादिङ १४ चैत ।
अब धादिङ अस्पताल बाटै पाठेघरका विमारीहरुका लागी निशुल्क शल्याक्रिया हुने भएको छ। पछिल्लो समयमा नेपालका लगभग ८० प्रतिशत महिलाहरुमा पाठेघरको समस्या हुदै आएको छ ।
३ स्टेपमा खस्ने गरेको पाठेघरको समस्या,पहिलो स्टेपमा र दोस्रो स्टेपमा खसेका पाठेघरको समस्यामा उपचार गरी समाधान हुने भएतापनि तेस्रो स्टेपमा शल्याक्रिया नै गर्नुपर्ने अवस्था रहन्छ ।
त्येस्तै पाठेघरका विमारीहरु धादिङ जिल्लामा पनि धेरै छन् । विषेश गरी पाठेघरकोसमस्या भएका महिलालाई परिवार तथा श्रीमानले तेती साथ सहयोग गर्दैन् ।
यहि समस्याले पनि महिलाहरु आफ्नो व्यथा लुकायर राखिरहेका हुन्छन् । निजि अस्पतालले त २५।३० हजार रुपयाँ भन्दा बढी आफुखुशी शल्यक्रिया गर्दा पैसा लिने गर्दछन् भने सरकारी अस्पतालहरुले पनि यसअघी ८ हजार शुल्क लिदै आएका थिए ।
जिल्लामै पहिलो पटक निशुल्कः पाठेघरको शल्याक्रिया हुने भएको हो । यस सेवाबाट धादिङ,नुवाकोट र रसुवाका महिलालाई पनि निशुल्क रुपमा सेवा दिने कुरा धादिङ अस्पतालले जानकारी गराएको हो ।
यसअघि पाठेघरको निशुल्क चेक चाज गर्दै आएको भएतापनि शल्यक्रियाको लागि भने बिरामीले ८ हजार तिनुपर्ने थियो ।
तर,अब भने बिरामीले चेक जाँजको सेवा मात्रै नभएर शल्यक्रिया गर्न समेत कुनै शुल्क तिर्नु नपर्ने धादिङ अस्पतालका मेसु डा.मधुकर दाहालले बताउनु भएको छ ।
हरेक महिनाको दोस्रो र अन्तिम शुक्रबार पाठेघरको शल्यक्रिया गरिनेछ । आर्थिक अवस्था कमजोर भएका महिलाले रोगलाई लुकाएर राख्ने गरेकोले नेपाल सरकारको आर्थिक सहयोगमा तीन जिल्लाका सय जनाको सिमित कोटामा मात्रै महिलाको पाठेघरको शल्यकृया गरिने अस्पताल स्रोतले जनाएको हो ।
नारी वाटिका डट्कम संवाददाता
धादिङ १३ चैत
नीलकण्ठ नगरपालिकाको वडा नं. ३ र १२ को सिमानामा पर्ने ढाँडादेविथान स्थित साँकोष जाने थोपल खाला पक्की पुल नजिक वा ४ ख २२७२ को मिनीट्रक दुर्घटना भएको छ ।
उक्त गाडी खोलामा सफा गर्न लाने क्रममा दुर्घटनामा परेको भन्ने प्रारम्भिक जानकारी आएको हो ।शोमवार बेलुकी करिव ६ः४५ बजेको समयमा उक्त गाडी दुर्घटनामा परेको हो । तर दुर्घटनाका विेस्तृत विवरण भने आउन बाँकी रहेको छ । ी
नारी वाटिका संवाददाता
धादिङ १२ चैत आइतवार ।
मुटुरोग सेवा विस्तारका लागी धादिङ अस्पताल र गंगालाल हृदयरोग केन्द्रबीच सम्झौता गरिएको छ । पछिल्लो समयमा उच्च रक्तचाप र विभिन्न कारणले स्वास्थ्यमा समस्या हुदा सर्वप्रथम मुटुमा नै अशर पुर्याउने अवस्था रहने भएकोले हिजोआज मुटु रोगका विरामीको अस्पतालहरुमा चाप बढ्ने गरेको छ ।
त्यस्तै मुटु रोग जिल्लामा उपचारको सुविधा नहुनाले विरामीहरु तत्काल काठमाण्डौ लैजानु पर्ने समस्यालाई हल गर्नको लागी मुटु रोगको सहज उपचारका लागि धादिङ अस्पतालले शहिद गंगालाल हृदयरोग केन्द्रबीच सेवा विस्तार गर्ने सम्झौता गरेको छ ।
शनिवार धादिङ अस्पतालले मुटुरोगको सेवालाई बिस्तार गर्न गंगालाल हृदयरोग केन्द्रसँग औपचारिक रुपमा सम्झौता गरेको धादिङ अस्पतालले जानकारी गराएको छ ।
धादिङ अस्पतालमा सेवा लिन आएका मुटु रोगी विरामीहरुका लागि उपचार गर्न राजधानी धाउनु पर्ने बाध्यतालाई हटाउन जिल्लामै महिनामा दुई पटक सेवा दिने गरि एकवर्षको लागी कार्य अघि बढाउन सम्झौता भएको समेत जानकारी गराएको हो ।
नारी वाटिका संवाददाता
काठमाण्डौ १० चैत ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा हुनु भएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवामा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण भोली शनिवारबाट अवकाशमा जाने भएकोले रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।
३० वर्षे सेवाअवधि हटाएर कार्यकाल लम्ब्याउन महानिरीक्षक सिंह र उनको ब्याचले प्रयास गरिरहेको थियो । सेवा अवधि हटाउनु पर्ने बहस पहिले देखी चलेको थियो । तर, सरकारले तत्काललाई पुरानै व्यवस्था निरन्तरता दिएर प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । यससँगै अघिल्लो टोली अवकाशमा गएको हो । रिक्त नेतृत्वमा कुँवर आएका हुन् ।
कुँवर सहित आईजीपी बन्ने प्रतिस्पर्धामा एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै विसं २००७ चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बन्नु भएको हो ।
तोरण शमशेर राणा पहिलो महानिरीक्षक हुन् । तर, प्रहरीले संगठन स्थापनाको ५ वर्षपछि विसं २०१२ मा ऐन आएको दिनलाई प्रहरी स्थापना दिवस मान्दै आएको छ । यद्यपि हालसम्म संगठनमा २९ जनाले नेतृत्व पाइसकेका छन् । कुँवर ३० औं नेतृत्व तहमा हुनुहुनछ । २०२६ चैत १५ मा अर्घाखाँची सन्धीखर्क निवासी बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट जन्मिएका कुँवर २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गर्नु भएको थियो ।
२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उहाँले विभिन्न जिल्ला साथै प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसक्नु भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी भइ विभिन्न जिल्लामा रहेर काम गर्नु भएको छ । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महा विद्यालय लगायत युनिटमा रहेर सेवा गरेको अनुभव रहेको छ ।
२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाप्त गर्नु थियो ।उहाँ गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा हुनु भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको डीआईजी तथा प्रमुख भइ काम गरिसक्नु भएको छ । त्यसअघि प्रहरी प्रवक्ताका रुपमा काम गर्नु भएको थियो ।
धादिङ १० चैत
कृषकहरुका लागि आयआर्जन गराउनको लागी शिप दिन धादिङको बेनीघाट रोराङ गाउँपालिका अग्रसर देखिएको छ । माछा दिएर हैन माछा मार्ने सिप दिएर किसानहरुलाई आत्मनिर्भर बनाउने उद्दस्यले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ हर्कपुरका अगुवा कृषकहरुका लागि बिहिबार देखि बाख्रापालन तालिम सञ्चालन गरिएको हो
पछिल्लो समयमा दिनरात मरी मरी मेहनत गरेपनी खेतवारीबाट कुनै आम्दानी नहुने अवस्थाले नेपालका किसानहरु आजित छन् भने जती दुख गरेपनि बालबच्चाको पठनपाठनको खर्च पुग्नु त परैको कुरा ? कृर्षी पेशाा बाट विहान वेलुकी छाक टार्न पनि मुस्किल पर्ने भएकोले किसानीहरु पिडित हुनु पर्ने र घरवारी धितो राखेर विदेशीने क्रम जारी रहेको छ ।
यसो हुनुमा सरकारले समयमा मल विउ उपलव्ध गराउन नसक्दा किसानी मर्कामा पर्ने गरेको गुनासो राख्दै आएका छन् ।
तथापी बेनीघाट रोराङ गाउँपालिका गाउँपालिकाको आयोजनामा बिहिबार देखि ४ का वडा अध्यक्ष राजु बहादुर मगरको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।
गाउँपालिकाले यस अघिनै बाख्रा पालनको पकेट क्षेत्र घोषणा गरिसकेको हुनाले कृषकहरुलाई बाख्राको स्वास्थ्य अवस्था,डाले घाँस र खोर व्यवस्थापनको बारेमा तालिममा सिकाईने वडा अध्यक्ष मगरले जानकारी दिनु भएको छ ।
कृषकहरुको लागी नगदेवाली र आयआर्जन हुने व्यवशायको रुपमा मानिने मध्यको बाख्रापालनलाई उत्तम मानिन्छ । साथै पालिका भित्रका विभिन्न समुदाय बाट छनौट गरी ५० जना कृषकहरुको सहभागीता रहेको छ । तालिम विहिवार बाट संन्चालन भई १२ गते सम्म ४ दिनको हुने गाउँपालिकाले जानकारी गराएको छ ।
नारी वाटिका संवाददाता
स्ववियु निर्वाचन ९– चैत्र २०७९
धादिङ – आईतबार देखी जारी रहेको धादिङ जिल्लाका ९ क्याम्पसहरु मध्ये ७ क्याम्पसमा स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भईसकेको छ । निर्वाचन सम्पन्न भएकाहरुमा जिल्लाकै धेरै विद्ययार्थी संख्या रहेको निलकण्ठ वहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विजयी हाँशिल गरेको हो ।
त्यस्तै ५ क्याप्समा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)विद्यार्थी संगठनले विजयी हाँशिल गरेका छन् भने १ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ । माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बेनीघाट रोराङ गाउँपालिकामा रहेको चन्द्रोदय बहुमुखी क्याम्पस रहेको छ ।
त्यसैगरी बिशालटार, मलेखुमा रहेको जय बागेश्वरी क्याम्पस, गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस र धुनीबेसी नगरपालिकाको खानिखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा जित हासिल गरेको छ ।
साथै त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेमा रहेको नेत्रावती सामुदायीक क्याम्पस भने सबै संगठनहरुले भागबन्डामा सहमती गरि सभापतिमा क्रान्तिकारीलाई नै समर्थन गरेको छ ।
यस निर्वाचनमा केहि क्याम्पसहरुमा तालमेल पनि भएको थियो । चन्द्रोदय क्याम्पस बिशालटार र जय बागेश्वरी क्याम्पस मलेखुमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच तालमेल भएको थियो ।
त्यसै गरी धुनीबेसी नगरपालिका स्थित खानीखोलामा रहेको मछिन्द्र क्याम्पसमा भने अनेरास्ववियु र क्रान्तिकारीबीच तालमेल भएको थियो ।
जिल्लामा जम्मा १ स्थानमा विजयी हासिल गरेको अनेरास्ववियुले गल्छी गाउँपालिकाको गल्छीमा रहेको नमुना बागेश्वरीमा विजयी हुन नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबिच तालमेल गरेको थियो ।
यता नेपाली कांग्रेस निकटको नेविसंघले भने खाता खोल्न सकेको थिएन । तर धादिङ जिल्लाको सवै भन्दा चर्चामा रहेको र धेरै विद्यार्थी संख्या समेत भएको नीलकण्ठ बहुमुखी क्याम्पसमा चैत्र ८ गते वुधवार भएको निर्वाचनमा विजयी हुन सफल भएको हो । यस क्याम्पसमा भने पहिले देखीनै अन्य विद्यार्थी संगठनहरु भन्दा नेविसंघ बलियो रहेको छ ।
श्री नारी सञ्चार प्रा.लि. द्धारा सञ्चालित
NariBatika.com का लागि
कम्पनि दर्ता नं.: २६६२९३/०७८/०७९
पान नं.: ६१००३९६८९
सूचना विभाग दर्ता नंः २९११-२०७८/०७९
प्रेस काउन्सिल दर्ता नं. १८६
निलकन्ठ-३, मिलनटोल धादिङ्ग
सम्पर्क:-
ईमेल:- [email protected] [email protected] [email protected]
वेब ठेगाना:- naribatika.com
प्रतिक्रिया दिनुहोस