
नारी वाटिका डट्कम
धादिङ -१९ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)दानवहादुर कार्कीलाई पदबाट हटाएर नयाँ आईजीपी मनोज केसीलाई नियुक्त गर्ने निर्णय पार्टीले नभइ सरकार आफैले गरेको बताउनु भएको छ ।
बुधबार गोरखामा आयोजित पत्रकार भेटघाटमा यसबारे सोधिएको प्रश्नमा बुर्लाकोटीले आफू दिनभर गोरखाका कार्यक्रममा व्यस्त रहेकाले पार्टीको कुनै पनि तहमा यस विषयमा संवाद गर्न नपाएको बताएका हुन्।
केही दिनयता प्रहरी तथा न्यायलय तहमा विकसित घटनाक्रमको विश्लेषण गर्दा नयाँ (आईजीपी) नियुक्ति गर्दा उपयुक्त हुने ठानेर सरकारले निर्णय गरेको हुन सक्ने सचेतक बुर्लाकोटीको भनाइ छ।
यता सरकारले दानबहादुर कार्कीलाई पदबाट हटाएपछी सरकारको यस निर्णयविरुद्धमा उनी रिट लिएर उहाँ सर्वोच्च अदालत जाने तयारीमा लाग्नु भएको बुझिएको छ ।












प्रतिक्रिया दिनुहोस