आज:  | Fri, 26, Apr, 2024

आईतबार लाग्ने गंगाजमुना मेलाको तयारी तीव्र

२७ कार्तिक २०७८, शनिबार १०:२४ मा प्रकाशित ( २ साल अघि) २६६२ पाठक संख्या
नारी बाटिका


धादिङ,कार्तिक २७ ।
उत्तरी धादिङको गंगाजमुना गाउपालिकाको फुलखर्कमा प्रत्येक वर्ष लाग्ने भव्य ऐतिहासिक गंगाजमुना माइको मेलाको तयारी तीव्र रुपमा थालिएको छ । आईतबार अर्थात् भोली लाग्ने मेलामा विभिन्न क्षेत्रका नागरिकहरुले व्यापार व्यवसायको लागि धमाधम स्टलहरु तयार गरिसकेका छन् ।

गंगाजमुना गाउँपालिकाको नामाकरण भएको गंगाजमुना माईस्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि नै हरीवोधनी एकादशी व्रत मेला लाग्दै आएको छ । त्यस्तै भोली गाउँपालिकाले सार्वजनिक विदा समेत दिएको छ । हरेक वर्ष लाग्ने गंगाजमुना माइको मेला गत वर्ष कोभिडका कारण हुन सकेको थिएन । यो वर्ष भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मेलाको आयोजना गरेको हो । कार्यक्रममा प्रसिद्ध लोकदोहोरी कार्यक्रम इन्द्रेणीटिम सहित बृहत साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ ।

तस्बिर; दिपक अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस