
धादिङ – धादिङमा सोमबार देखि कोभिशिल्डको बुष्टर डोज लगाउन सुरु गरिएको छ ।
नेपाल सरकारको निर्णय बमोजम कोभिड व्यवस्थापनको अनुगमनमा खटिने व्यक्ति तथा सार्वजनिक क्षेत्रमा कार्यरत व्यक्तिहरु जसले २०७७ माघ १४ गतेदेखि चैत्र मसान्तसम्म पहिलो मात्रा खोप लिएका र २०७८ साल साउन महिना अगाडी दोस्रो मात्रा लिएका सबै नाागरिकहरुलाई आजदेखि कोभिशिल्डको बुष्टर डोज लगाउन सुरु गरिएको हो ।
धादिङमा ५२ वटा खोप केन्द्रबाट ३२ सय जनालाई कोरोना विरुद्धको बुष्टर डोज दिन लागेको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस