धादिङ ।
धादिङमा आज ६२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाभर गरिएको १ सय १३ एण्टिजेन परिक्षणमध्ये निलकण्ठमा २०, धादिङ अस्पतालमा १४, ज्वालामुखीमा १३, धुनिबेसिमा ५, त्रिपुरासुन्दरीमा ४, रुवीभ्यालिमा ४ र गंगाजमुनामा २ गरि ६२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज संक्रमण बाट एक जनाको मृत्यु भएको छ । यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २१ पुगेको छ।
संक्रमित मध्ये ६ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। आज ६१ संक्रमित संक्रमण मुक्त भएका छन्।












प्रतिक्रिया दिनुहोस