
काठमाण्डौं – सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ कायम गरेको हो ।
यसअघि दूधकको मूल्य प्रतिलिटर ४९ दशमलव ५२ रुपैयाँ थियो । बैठकले दूधको मूल्य ५६ दशमलव ४ रुपैयाँ कायम गरेसँगै १३ दशमलव १७ प्रतिशत अर्थात् ६ दशमलव ५२ रुपैयाँले दुधको मूल्य वृद्धि भएको छ ।












प्रतिक्रिया दिनुहोस