आज:  | Wed, 15, May, 2024

प्रतिनिधिसभाको बैठक आज बस्दै

४ फाल्गुन २०७८, बुधबार ०९:५१ मा प्रकाशित ( २ साल अघि) ३४९ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं ।
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश छैन।

कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ। तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ। संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ।

हिजो सम्पन्न काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका गर्नुभएको थियो ।

यो विषयमा सभामुख सकारात्मक रहेको काँग्रेसले जनाएको छ । सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी भने एमसीसीको पक्षमा खुलेका छैनन्। प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस