आज:  | Wed, 15, May, 2024

आज एमसीसी सम्झौता टेबल नहुने

४ फाल्गुन २०७८, बुधबार १३:२० मा प्रकाशित ( २ साल अघि) ४३१ पाठक संख्या
नारी बाटिका


काठमाण्डाै – प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो ।

संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको छ । प्रधानमन्त्री र प्रचण्डबीच भोलि दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि भएको छ ।

यथास्थितिमा एमसीसी टेबल नहुने र भएमा सरकार छाड्ने माओवादी केन्द्रको निर्णयलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुग्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस