आज:  | Wed, 15, May, 2024

नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी सम्झौता टेबुल गर्न दिने

७ फाल्गुन २०७८, शनिबार १८:४८ मा प्रकाशित ( २ साल अघि) ३८९ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले संशोधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा छलफलपछि संसोधन गरेपछि मात्रै पार्टी एमसीसीको पक्षमा हुने उहाँले बताउनुभयो ।
तर एमसीसी सम्झौता जबरजस्ती पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नुपर्ने पनि खतिवडाले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस