आज:  | Wed, 15, May, 2024

धादिङ कारागारका २ जना बन्दीको राष्ट्रपतिद्धारा सजाय मिनाहा

९ फाल्गुन २०७८, सोमबार १८:४२ मा प्रकाशित ( २ साल अघि) ५२६ पाठक संख्या
नारी बाटिका


धादिङ – जिल्ला कारागार शाखा धादिङमा रहेका २ जना बन्दीको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा मिनाहा भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्दा धादिङका २ जना बन्दी पनि परेका हुन् ।

धादिङबाट ५ जना बन्दीहरु कैद सजाय मिनाहाको लागि पठाईएकोमा २ जनाको मात्रै कैद सजाय मिनाहा भएको जिल्ला कारागार शाखा धादिङका प्रमुख नइन्द्रकुमार पौडेलले बताउनु भयो ।
.कैद सजाय माफी पाउनेमा धादिङबाट पुरुषमा हुदराज छत्कुली र महिलामा चन्द्रकुमारी अर्याल रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस