आज:  | Wed, 15, May, 2024

किन्ताङफेदी बाट रुबी जस्तो देखिने सेतो ढुंगा सहित ४ जना महिला पक्राउ

१२ फाल्गुन २०७८, बिहीबार १८:२९ मा प्रकाशित ( २ साल अघि) ५५० पाठक संख्या
नारी बाटिका


धादिङ –धादिङको खनियाबास गाउँपालिका ४ किन्ताङफेदी बाट रुबी जस्तो देखिने टल्कने सेतो ढुंगा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सेर्तुङ बोराङबाट धादिङबेसी तर्फ आउदै गरेको ना १ ज २७७१ नं. को बोलेरो गाडी चेकजाँच गर्ने क्रममा रुबी जस्तो देखिने टल्कने सेतो ढुंगा ४० (चालिस) केजी सहित ४ जना महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुवीभ्याली गाउँपालिका ४ की २७ वर्षीय मनिमाया तामाङ, सोही ठाउँकी ३९ वर्षीय अस्मिता तामाङ, ४१ वर्षीय फुलमाया तामाङ र २० वर्षीय रिमा तामाङ रहेका छन् ।

पक्राउ गरिएको महिलाहरुलाइ आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ मार्फत डिभिजन वन कार्यालय धादिङबेसीमा बुझाइएको प्रहरीले जनाएको छ ।

फोटोःधादिङ पोष्ट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस