आज:  | Wed, 15, May, 2024

धादिङमा आज १५ जना कोरोना संक्रमित संक्रमण मुक्त

१४ फाल्गुन २०७८, शनिबार १८:५० मा प्रकाशित ( २ साल अघि) २५३ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङमा आज १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । शनिबार जिल्लामा कोरोना परिक्षण नभएको हुदा पोजिटिभ केश नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १२ रहेको छ भने सक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । अहिलेसम्म जिल्लामा संक्रमित हुनेको सख्या १० हजार ४ सय ९२ पुगेको छ ।

संक्रमित मध्ये ९ हजार ४ सय १६ जना निको भईसकेका छन् भने संक्रमणका बाट ८१ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस