
धादिङ– २३ औं स्थापना दिवस एवं ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार ९ बजेदेखि बृहत खुल्ला रक्तदान कार्यक्रम हुँदैछ ।
धादिङ अस्पतालको परिसरमा “ सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिस्चितता भन्ने मुल नाराका साथ उक्त खुल्ला रक्तदान हुन लागेको हो ।
नारी जागरण केन्द्र धादिङ र अन्राष्ट्रिय धादिङ समाजको आयोजना नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह आयोजना, नारी बाटिका न्युज पोर्टलको सहयोग र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको प्राविधिक सहयोग रहेको छ ।
नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले आज बिहान ९ बजेदेखि ३ बजेसम्म रक्तदान कार्यक्रम संचालन हुनेभएकोले सबै नागरिकहरुलाई रगतदान गरेर सहयोग गर्नुहुन आग्रह गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस