आज:  | Tue, 18, Feb, 2025

एमालेको बैशाखी टेकेर चुनाव जित्ने सपना नदेखे हुन्छ ः महासचिव पोखरेल

४ चैत्र २०७८, शुक्रबार १८:४९ मा प्रकाशित ( २ साल अघि) २२६६ पटक पढिएको
नारी बाटिका


धादिङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैशाख ३० मा हुने निर्वाचनमा नेकपा एमाले एक्लै लड्ने बताउनु भएको छ । अघिल्लो निर्वाचनमा एमालेको बैशाखी टेकेर चुनाव जितेका दल र व्यक्तिहरुले जनताले दिएको जनादेशलाई धोका दिएको महासचिव पोखरेलले बताउनुभयो ।
नेकपा एमालेले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बाहिर राखेर चुनाव लड्ने चाहना रहेको बताउनु भयो ।
पहिला एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेका थियौं धोका दिएर कांग्रेसका पक्षमा जानेलाई फेरी जिताइदिनुपर्ने जिम्मेवारी बोकेका छैनौं पोखरेलले भन्नुभयो । एक पटक कम्तीमा प्रचण्ड र मावध नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौं, औकाल छ जनताको विचमा जाने, चुनाव जित्ने । तर अब नेकपा एमालेको बैशाखी टेकेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।’ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो ‘प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति एवं् प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेका छन् । समाजवादको बाटोतर्फ देशलाई डो¥याउन चाहनेहरु एमालेमा र पुँजीवादतर्फ हिड्न चाहनेहरु देउवातिर देखिएको उहाँले आरोप लगाउनुभयो ।
‘कांग्रेसको नेतृत्वको बाटोमा हिँड्नेहरु कसरी कम्युनिष्ट ? कसरी समाजवादी हुन्छ ? उहाँहरुले रोजेको बाटो देउवाजीको बाटो हो समाजवाद र पुँजीबाद दुई वटा बाटो मध्ये एउटा बाटो जनताले रोज्नेछ’ पोखरेलले भन्नुभयो । अब नेकपा एमालेले गठबन्धन गरेर होइन एकल रुपमा नेकपा एमालेलाई बहुमत प्रदान गर्नेगरी तीनै तहको चुनावमा जनताको बीचमा जाने महासचिव पोखलेलले जिकिर गर्नुभयो ।
प्रचण्ड र माधव नेपाल निर्वाचन सार्ने षड्यन्त्रमा रहेको पनि पोखलेलले बताउनुभयो । दैनिक रुपमा प्रधानमन्त्रीलाई दवाव दिइरहेका छन् । माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि तयार नभएको र उनीहरु निर्वाचन सार्ने अनेकन प्रकारका हतकण्डा प्रयोग गर्न खोजिरहेको आरोप लगाउनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस