आज:  | Sun, 28, Apr, 2024

काठमाडौंलाई ४ विकेटले हराउँदै धादिङको ऐतिहासिक जित

५ चैत्र २०७८, शनिबार १८:५६ मा प्रकाशित ( २ साल अघि) ४९१ पाठक संख्या
नारी बाटिका


धादिङ – प्रथम बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा धादिङले काठमाडौंलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ । चितवनमा जारी आधिकारीक प्रतियोतियोगितामा घरेलु क्रिकेटको उदयीमान टोली धादिङले काठमाडौंलाई ४ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको हो ।

चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगमा निर्माणधिन गौतम बुद्ध रंगशाला नमुना मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । धादिङका सन्देश सापकोटाले २ विकेट लिनुभयो । कौशल रुपाखेती, उज्वल थापा, रुपेश भुजेल र अमृत थापाले १–१ विकेट लिनुभएको थियो १ सय ८२ रनको बलियो लक्ष्य धादिङले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

धादिङको जितमा युवा ब्याटर अमृत थापाले ५२ बलमा १३ चौका र २ छक्कासहित ८३ रनको विजयी इनिङ खेल्नुभयो । ओपनर कौशल रुपाखेती १७, अनुभवी खेलाडी उज्वल थापा २९, स्वपनील अधिकारी १२, आरम्भ तिमिल्सिना १३ र कप्तान श्याम त्रिपाठ्ठीले ४ रन बताउनुभयो । काठमाडौंका राजन जि.सी. ले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिनुभयो ।

आरियो पौाडेलले २ र सुमनले १ विकेट लिनुभयो । पहिलो खेलमा धादिङले रसुवालाई ९ विकेटले हराएको थियो । धादिङले आइतबार फाइनल प्रवेशका लागि काभ्रेसँग खेल्नेछ । प्रतियोगितामा बागमती प्रदेशका १२ जिल्लाको सहभागीता रहनेछ । उक्त फाइनल खेल भने सोमबार हुनेछ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस