आज:  | Sun, 28, Apr, 2024

काभ्रेलाई हराउदै धादिङ ऐतिहासिक उपाधि नजिक

६ चैत्र २०७८, आईतवार १८:४१ मा प्रकाशित ( २ साल अघि) ६६४ पाठक संख्या
नारी बाटिका


धादिङ– धादिङको क्रिकेट टोली प्रथम बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
चितवनको भरतपुरस्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध रंगशालाको नमुना मैदान आइतबार सम्पन्न सेमिफाइनल खेलमा धादिङ काभ्रेपलान्चोक (काभ्रे) माथि १५५ रनको जितसहित फाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय टोलीबाट समेत खेलिसकेको खेलाडीसहित मैदानमा उत्रिएको काभ्रेमाथि शानदार जित निकालेको धादिङले अब ऐतिहासिक उपाधिका लागि मकवानपुरसँग खेल्नेछ । पहिलो खेलमा रसुवालाई ९ विकेटले हराएको धादिङले दोश्रो खेलमा काठमाडौंलाई ४ विकेटले हराएको थियो ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धादिङले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाएर १९५ रनको विशाल योगफल तयार पारेको थियो । धादिङको विशाल योगफलका लागि अमृत थापाले ३० बलमा छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।
आरम्भ तिमल्सिनाले ३८ बलमा १ छक्का र ५ चौंका सहित ४४ रन जोड्दा स्वप्निल अधिकारी ३५ रनमा अविजित रहनुभयो । बलिङमा काभ्रेका लागि समिर हुमागाईं र भिबेक न्यौपानेले २–२ विकेट लिनुभयो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काभ्रे १४ ओभर ३ बलमा ३९ रन बनाएर अल आउट भयो ।
राष्ट्रिय टोलीबाट समेत खेलिसकेको ओपनर सुवास खकुरेल ४ रनमा आउट हुनुभयो । धादिङका लागि सन्देश सापकोटाले ४ तथा श्याम त्रिपाठ्ठीले ३ विकेट लिनुभयो । यस्तै रुपेश भुजेलले २ र श्री कृष्ण उपाध्यायले १ विकेट लिनुभयो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी पहिलो संस्करणको प्रतियोगितामा बागमती प्रदेशका १२ जिल्लाको सहभागिता रहेको छ । धादिङ र मकवानपुरबीचको फाइनल खेल सोमबार भोलि हुँनेछ । फाइनल खेल सोमबार बिहान ९ः३० बजेबाट शुरु हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस