आज:  | Tue, 18, Feb, 2025

धादिङमा साकोसमा प्रविधि र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ चैत्र २०७८, सोमबार ०७:२१ मा प्रकाशित ( २ साल अघि) १३१५ पटक पढिएको
नारी बाटिका


नारीवाटिका संवाददाता

धादिङ–धादिङबेसीमा आईतबार साकोसमा “प्रविधि र सुशासन“ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र धादिङ बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै धादिङ बचत संघको अध्यक्ष नवराज शर्माले सहकारीले सदस्यहरुको प्रत्यक्ष जीवन यापनमा सहयोगि भूमिका खेल्नु पर्ने बताउनुभयो ।
त्यस्तै धादिङ जिल्ला सहकारी संघका सदस्य एवंम नारी विकास साकोसकी अध्यक्ष भगवती उप्रेतीले सहकारी दिवसको शुभकामना दिनुहुदै सहकारी अभियानले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा काम गर्नु पर्ने सुझाव व्यक्त गर्नुभएको थियो ।
नयाँ प्रविधिको विकासमा सस्थाहरु एकिकृत हुन नसक्नु चुनौती भएकोले साकोस एकतामा लाग्न सम्पूर्ण अभियानकर्मीलाई श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप अधिकारीले आग्रह गर्नुभयो ।

श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ बचत संघको अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा १० वटा सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो । संस्थाको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस