
नारी बाटिका
बिबिय- नारी वाटिका संवाददाता
धादिङ -१७ वैशाख।
सरकारले राष्ट्रपतिसमक्ष ६ वटा अध्यादेश स्वीकृतिका लागि पेस गरेको छ।
ययअघि मंगलबार पनि सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी विधेयक स्वीकृतिका लागी सिफारिस गरेको थियो । बाँकी ४ वटा अध्यादेश बुधबार राष्ट्रपतिसमक्ष पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिबाट स्वीकृति गराई सरकारले ल्याउन लागेको अध्यादेशहरु ;
१. संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश
२. सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश
३. विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश
४. नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश (अन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा,वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका केही अवरोधहरु हटाउने अध्यादेश)
५( सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश
६. सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहितको सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश








प्रतिक्रिया दिनुहोस