आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

नागरिक समाजद्वारा पुनरावेदन समितिका अध्यक्ष अधिकारीलाई वधाई कार्यकम

२०८३ बैशाख १७, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिबिय -नारी वाटिका संवाददाता

धादिङ -१७ वैशाख।

बागमती प्रदेश सरकार,आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्रगतको प्रदेश सूचना पुनरावेदन समितिमा नव नियुक्त धादिङ बारका पुर्व अध्यक्ष तथा अधिवक्ता कृष्णराज अधिकारीलाई नागरिक समाज धादिङले सम्मान गरेको छ।

धादिङ उद्योग बाणिँज्यसंघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारीको संयोजत्वमा बाँणिज्य संघमा आज आयोजित कार्यक्रममा धादिङका नागरिक समाजले गरेको सम्मान ग्रहण गर्नु हुंदै अध्यक्ष अधिकारीले सार्वजनिक निकायको सूचना प्राप्तिमा सहज र नागरिकेको पहुँच हुने गरी आफुले काम गर्ने बताउनु भयो ।

‘मन्तव्यको क्रममा अध्यक्ष अधिकारीले सूचना पाए नागरिकले प्रश्न गर्छन् र नागरिकले गरेका प्रश्नले सुशासन कायम गर्न सक्ने भएकाले नागरिकको सूचना पाउने हक अधिकारलाई सुनिश्चित गर्नेछौं’ उहाँको भनाई छ ।

साथै सुचनाको पहुँचले राज्यका विभिन्न निकाय तथा सार्वजनिक क्षेत्रमा देखिएका वेथिति, भ्रष्टाचार,र अनियमितता जस्ता गतिविधिमा नागरिक समाजले प्रश्न उठाउन सक्नेछन् । सभ्य र समुन्नत समाज निर्माणका लागि नागरिक समाजले खेलेको भूमिका उदाहरणीय रहेको नवनियुक्त अधिकारीले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ धादिङ,धादिङ उद्योग वाणिज्य संघ,गैसस महाँसंघ ,धादिङ,सीतल छहारी समाज धादिङ,नारी जागरण केन्द्र धादिङ,दलित सेवासंघ धादिङ शाखा,नेपाल,नेपाल रेडक्रस धादिङ शाखा,त्रिकोण खबर लगायतका १२ वटा नागरिक समाजको सयुत्त सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी,वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारी,गैसस महांसंघ धादिङका कार्यभार अध्यक्ष तोला पाठक,रेडक्रस धादिङका अध्यक्ष केसरीप्रशाद पन्त,नारी जागरण केन्द्र तथा नारी वाटिका डट्कमका भगवती उप्रेती लगायतले शुभकामना तथा वधाई ग्यापन मन्तव्य राख्नु भएको थियो ।

नव नियुक्त्त अध्यक्ष अधिकारी नेपाल बार एसोसिएसन धादिङका पूर्व अध्यक्ष, नागरिक समाजका अगुवा, त्रिकोण खबर डटकमका प्रधान सम्पादक समेत हुनुहुन्छ । कार्यकम त्रिकोण खबर अनलाईन पत्रिकाका सम्पादक ईश्वर थापामगरले सन्चालन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस