आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

धादिङमा भोलि विद्युत सेवा अवरुद्ध हुने

२०७८ चैत्र २९, मंगलबार मा प्रकाशित ( ४ साल अघि) ५८३९ पटक पढिएको
नारी बाटिका


धादिङ–धादिङमा भोलि विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले मंगलबार एक सुचना प्रकाशन गर्दै सल्यान्टार सबस्टेशनबाट चैनपुर तर्फ गएको ११ के.भी प्रशारण लाईन मर्मत सुधार तथा लाईन नजिक रहेका रुखका हाँगाबिगा काट्ने कार्य रहेकोले भोलि बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।
उक्त समयमा सल्यान्टार सवस्टेशन अन्तर्गतको चैनपुर फिडर बन्द हुने भएकाले उक्त फिडरबाट सप्लाई भएका क्षेत्रहरु त्रिपुरासुन्दरी गाउँपालिकाको माझगाउँ, खोल्सी, रानिपौवा, बट्टार,ज्वालामुखी गाउँपालिकाको चैनपुर, रामपुर ,देउराली, खरी , हुलाक भञ्ज्याङ, ढोला र मैदी लगाएत आसपासका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाईएको छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस