आज:  | Sat, 27, Apr, 2024

एन्फा धादिङको अध्यक्षमा पुनः दिपक खतिवडा

४ बैशाख २०७९, आईतवार १८:४१ मा प्रकाशित ( २ साल अघि) २९२ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङ जिल्ला फुटबल संघ (एन्फा) को अध्यक्षमा पुनः दिपक खतिवडा निर्वाचित हुनुभएको छ ।
आइतबार भएको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका प्रत्यासी दिवस सागर श्रेष्ठ र दिनेश रुपाखेतीलाई पछि पार्दै खतिवडा पुनः निर्वाचित हुनुभएको हो । खतिवडाको अध्यक्षता १४ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा सुरेश तामाङ, मनराज गोदार र राजन भण्डारी निर्वाचित हुनुभएको छ । महासचिवमा रामहरि थापा, कोषाध्यक्षमा राजेश सुवेदी चयन हुनुभएको हो ।
कार्यसमिति सदस्यहरुमा दिनेश आचार्य, उत्तम प्रसाद सुवेदी, धुव्र थापा, प्रकाश कुमार खरेल, गोविन्द्र श्रेष्ठ, पूर्णबहादुर गुरुङ, रेमश अधिकारी, गणेशमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस