आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

नेपाली कांग्रेसका नेता टेकजंग लामा द्धारा स्वतन्त्र उम्मेद्वारी फिर्ता

२०७९ बैशाख २७, मंगलबार मा प्रकाशित ( ३ साल अघि) ३९०६ पटक पढिएको
नारी बाटिका


धादिङ – नेपाली कांग्रेसका नेता टेकजंग लामाले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिनुभएको छ ।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट पालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका तामाङल आज एक विज्ञप्ती निकालेर कांग्रेसकोबाट उम्मेदवार बन्नुभएका उम्मेद्वार मेघनाथ रिजाललाई नै सघाउने उहाँले विज्ञप्ती मार्फत बताउनुभएको छ । पार्टी पंतीले गरेको निर्णयमा केहि असन्तुष्टि रहेको कारण स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा खडा भएको थिएँ विज्ञप्तीमा भनिएको छ ।

सो सन्दर्भमा आम नेत्रावती डवजोङको कांग्रेसका नेता तथा कार्यकर्ता, सुभेच्छुक, समर्थक र नेपाली नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनु भएका मेघनाथ रिजाल लगायत नेपाली कांग्रेसका सबै उम्मेदवार साथीहरुको अनुरोधमा मेरो स्वतन्त्र उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका साथीहरुलाई सहयोग गरी निर्वाचनमा सक्रिय रुपमा लाग्न सबैलाई हार्दिक आग्रह गर्दछु विज्ञप्तीमा उल्लेख छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस