आज:  | Fri, 17, Jan, 2025

लक्षित वर्ग विशेष निर्वाचन स्थल निर्माण गर्न महिला अधिकारकर्मीद्धारा निर्वाचन कार्यालय धादिङलाई ध्यानाकषर्ण पत्र

२७ बैशाख २०७९, मंगलवार १९:०७ मा प्रकाशित ( २ साल अघि) ६८३ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङमा लक्षित वर्ग विशेष निर्वाचन स्थल निर्माणका लागि जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश ज्ञवालीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।

आज नारी जागरण केन्द्र र नेपाल अपाङगता महिला संघ जिल्ला शाखा धादिङले ध्यानाकषर्ण पत्र बुझाउदै लक्षित वर्गलाई मतदान स्थल सम्म गई मतदान गर्न सक्ने सहज पहुँच हुने खालको मतदान केन्द्र निर्माण गर्न अनुरोध गरेको छ ।

जिल्लाभरिका मतदान केन्द्र निर्माण गर्दा सुत्केरी, गर्भवती, वृद्धवृद्धा, जेष्ठ नागरिक तथा अशक्तअपाङगता भएका लक्षित वर्गको अवस्थालाई मध्यनजर गरि मतदान स्थल सम्म गई मतदान गर्न सक्ने सहज पहुँच हुने खालको मतदान केन्द्र निर्माण गरि सहयोग गर्नको निम्ति आग्रह गरिएको हो ।

आज नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले ध्यानाकषर्ण पत्र बुझाउनु भएको हो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस