
काठमाण्डौं – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने तयारी गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै असार १ गतेबाट नामावली दर्ता खुल्ला गर्ने तयारी गरिरहेको आयोगका सह–प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
मतदाता नामावली दर्ता आफू रहेकै जिल्लाबाट गर्न मिल्ने गरी व्यवस्था गर्न लागेको आयोगले जानकारी दिएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकिएको थियो ।












प्रतिक्रिया दिनुहोस