
धादिङ – धादिङमा सत्ता गठबन्धन दलहरुको बैठक बसेको छ । आज नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षतामा बसेको गठबन्धन दलको बैठकले जिल्ला समन्वय समितिको प्रमुख माओवादीलाई र उप प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ ।
भने ७ सदस्य कांग्रेसलाई दिने निर्णय गरेको छ । समन्वय प्रमुख माओवादीले पाउने भए सँगै गंगाजमुनाका नवराज अधिकारी प्रमुख बन्ने लगभग पक्का पक्की भएको छ ।
जिल्ला समन्वय समिति धादिङको निर्वाचन यहि जेष्ठ २९ गते प्रमुख उप प्रमुख सहित ९ सदस्यका लागि हुँदैछ । उक्त चुनावमा गठबन्धनदलहरु मिलेर जाने निष्कर्ष सहित भागबण्डामा सहमति गरेका हुन् ।
फाईल फोटो












प्रतिक्रिया दिनुहोस