आज:  | Fri, 28, Mar, 2025

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द

२६ जेष्ठ २०७९, बिहीबार ०७:२० मा प्रकाशित ( २ साल अघि) १००६ पटक पढिएको
नारी बाटिका


चितवन – वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ मा रहेको नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

फाईल फोटो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस