आज:  | Tue, 18, Feb, 2025

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुल्यो

२७ जेष्ठ २०७९, शुक्रबार १३:४२ मा प्रकाशित ( २ साल अघि) १५९१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ — पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । इच्छाकामना–६ टोपे खोलामा शुक्रबार बिहान खसेको पहिरो पन्छाएपछि सवा ११ बजेदेखि दुईतर्फी रुपमै यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ ।

बिहान पौने नौ बजेतिर सो ठाउँमा पहिरो खसेको थियो । उक्त सडक खुलाउन डिभिजन सडक कार्यालयसँगको समन्वयमा सडक खुलाइएको चितवन प्रहरीले जानकारी दिएको छ ।

नारायणगढ मुग्लिन सडक र पृथ्वीराजमार्गमा पहिरो खसेका कारण बिहीबार दिनभर बाटो अवरुद्ध थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदै फेरि टोपे खोलामा पहिरो खसेपछि सो सडक हुँदै यात्रा गर्नेहरुको बिजोग भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस