
काठमाडौँ — पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । इच्छाकामना–६ टोपे खोलामा शुक्रबार बिहान खसेको पहिरो पन्छाएपछि सवा ११ बजेदेखि दुईतर्फी रुपमै यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ ।
बिहान पौने नौ बजेतिर सो ठाउँमा पहिरो खसेको थियो । उक्त सडक खुलाउन डिभिजन सडक कार्यालयसँगको समन्वयमा सडक खुलाइएको चितवन प्रहरीले जानकारी दिएको छ ।
नारायणगढ मुग्लिन सडक र पृथ्वीराजमार्गमा पहिरो खसेका कारण बिहीबार दिनभर बाटो अवरुद्ध थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदै फेरि टोपे खोलामा पहिरो खसेपछि सो सडक हुँदै यात्रा गर्नेहरुको बिजोग भएको थियो ।












प्रतिक्रिया दिनुहोस