
धादिङ –विश्व रक्तदाता दिवसको अवसरमा आज धादिङबेशीमा २३ जनाले रक्तदान गरेका छन् ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड धादिङबेशीको आयोजना र सामाजिक रुपान्तरणका लागि स्थानीय प्रयास नेपालको सहकार्यमा सम्पन्न भएको खुल्ला रक्तदान कार्यक्रममा ६ महिला र १७ पुरुष गरी २३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्ने उदेश्यले विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।












प्रतिक्रिया दिनुहोस