आज:  | Tue, 18, Feb, 2025

नीलकण्ठ नगरपालिका ३ ईजारामा बोलेरो जिप दुर्घटना, एकको मृत्यु, १६ जना घाईते

३१ जेष्ठ २०७९, मंगलवार १९:२३ मा प्रकाशित ( २ साल अघि) ८१७ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित ईजारामा बोलेरो जिप  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३०÷३२ वर्षीय प्रेम बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मंगलबार धादिङबेशी बाट जुरेथु तर्फ जाँदै गरेको बा. १८ च २८२० नम्बरको बोलेरो जिप आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा नीलकण्ठ नगरपालिका २ का ५४ वर्षीय सोमनाथ नेपाल, नीलकण्ठ १ का ६१ वर्षीय जंग बहादुर गुरुङ, सोही ठाउँका १८ वर्षीय सुनिल राना मगर, २ वर्षीय रिदम गुरुङ, २२ वर्षीय सिता गुरुङ, ५० वर्षीय परी माया गुरुङ, १८ वर्षीय कल्पना गुरुङ, ३८ वर्षीय रोमन गुरुङ, नीलकण्ठ २ का ४० वर्षीय शंकर गुरुङ, सोही ठाउँका २ वर्षीय सन्तोष गुरुङ, १ वर्षीय सविन नेपाली, ५ वर्षीय राजेन्द्र नेपाली, ४० वर्षीय शर्मिला थापा, ५७ वर्षीय उजेली नेपाली, २९ वर्षीय राधिका नेपाली र गोर्खा ध्याल्चोकी २६ वर्षीय ज्योती गुरुङ रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ भने बोलेरो जिप चालकलाई प्रहरीले निन्त्रणमा लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस