
धादिङ – पहिरोका कारण बन्द रहेको पृथ्वी राजमार्ग पुन सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना ४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी भएको थियो ।
अहिले पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि प्रहरी कार्यालयले सडक विभागसँग समन्वय गरेको थियो ।
बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।
तस्बिरः उज्यालो अनलाईन












प्रतिक्रिया दिनुहोस