आज:  | Thu, 16, Jan, 2025

धादिङको ज्वालामुखी ३ मैदीमा मलामी बोकेर जाँदै गरेको स्वराज गाडी दुर्घटना, ११ जना घाईते

४ असार २०७९, शनिबार ०८:०६ मा प्रकाशित ( २ साल अघि) ९६६ पटक पढिएको
नारी बाटिका


धादिङ –धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदीमा मलामी बोकेर जाँदै गरेको स्वराज गाडी दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । शुक्रबार राति करिब १० बजे मलामी बोकेर जाँदै गरेको बा. ४ ख १२२९ नम्बर को स्वराज गाडी नीलकण्ठ नगरपालिका ८ मैदीभन्ज्याङमा आफै अनियन्त्रीत भई सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

घाईते भएका ११ जना मध्ये गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय शिव कुमार श्रेष्ठ, वडा नम्बर ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरको भने काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । घाईते ६ जनाको भने धादिङ अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।

सवारी चालकलाई भने प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी , धादिङ रेडक्रस , धादिङ सोसियल भोलेन्टियर, एम्बुलेन्स चालक समाज र स्थानीय जनताको सहयोगमा उद्वार गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस