
धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि १ अरब २२ करोड ९१ लाख २३ हजारको बजेट विनियोजन गरेको छ । आज सम्पन्न दोस्रो नगर सभा तथा प्रथम अधिवेशनबाट नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले सार्वजनिक गर्नुभएको हो ।
नगर उपप्रमुख दिपक विश्वकर्माले आर्थिक विकासतर्फ ८ करोड २६ लाख, सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख, पूर्वाधार विकासतर्फ ३० करोड ३७ लाख बजेट विनियोजन गर्नुभएको छ ।
नीति कार्यक्रम तथा बजेटले बालमैत्री नगर निर्माण गर्ने , कृषिमा व्यवसायीकरण, औद्योगीकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने, आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनाउनुका साथै स्थानीय उत्पादनको प्रयोग तथा अगार्निक उत्पादनमा जोड दिने लगाएतका विषयलाई प्राथमिकतामा राखिएको छ ।












प्रतिक्रिया दिनुहोस