आज: २०८३ आश्विन २३, शुक्रबार | Fri, 09, Oct, 2026

२२ किलो सुन बरामद, बूढानीलकण्ठबाट नेपाली महिलासहित चारजना नियन्त्रणमा

२०८३ आश्विन २३, शुक्रबार मा प्रकाशित ( ३८ मिनेट अघि) २४९ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम

काठमाडौँ -२३ असोज ।

प्रहरीले काठमाडौँ बूढानीलकण्ठको चपलीबाट २२ किलो सुन बरामद गरेको छ।

उपत्यका प्रहरी परिसर अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो चपलीस्थित चिनियाँ नागरिकले भाडा लिएको घरबाट ठुलो परिमाणमा सुन बरामद गरेको हो।

सुन तस्करीमा संलग्न तीनजना चिनियाँ नागरिक र एक नेपाली गरी चारजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा एकजना नेपाली महिला रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

बरामद भएको सुनको तौल यकिन गर्न र थप शङ्कास्पद घरमा खोजतलास गर्ने काम भइरहेको र घटनाबारे थप जानकारी दिन प्रहरीले आज शुक्रबार दिउँसो १ बजे टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑