आज:  | Tue, 18, Feb, 2025

अवैध लागूऔषध कारोवारमा संलग्न धादिङ सहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ ।

३ श्रावण २०७९, मंगलवार १९:५० मा प्रकाशित ( २ साल अघि) १०९९ पटक पढिएको
नारी बाटिका


 

 

२०७९ साउन ३ मंगलवार,
धादिङ

अवैध लागूऔषध कारोवारमा संलग्न भएका धादिङ सहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । धादिङ, काठमाडौं, कैलाली, उदयपुर, कास्की, बर्दिया र पर्साबाट कारोवारमा संंलग्न लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट सोही गाउँपालिका–८ बस्ने ४० वर्षीय होम बहादुर तामाङ ४ किलोग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ । तेसैगरी सोही गाउँपालिका–६ गौरीभञ्ज्याङबाट सोही गाउँपालिका–८ पर्बाङ घर भएका २८ वर्षीय तुलाराम तामाङलाई पनि ४ किलोग्राम गाँजासहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट आदमघाट र इलाका प्रहरी कार्यालय गजुरी र बाट खटिएको प्रहरीले चेक जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तेसैगरी काठमाडौ दक्षिणकाली न.पा.–५ बाट अवैध लागूऔषध सहित एक जना गतआइतबार पक्राउ परेका थिए । पक्राउ पर्नेमा भारत मोतिहारी बिजबानी–९ पिएस जितना बिजबानी पूर्वी चम्पारण बस्ने १९ वर्षीय प्रभु राम छन् । उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ८९ एम्पुल, फेनारगन ३ सय ६९ एम्पुल र नुफिन ३ सय ९० एम्पुल समेत बरामद गरेको थियो।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज २८७९ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलिले जाँच गर्दा लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० बस्ने २५ वर्षीय बशन्त डगौरा रहेका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना चोकबाट ४ किलो ३ सय ग्राम गाँजासहित बेलका नगरपालिका–६ बस्ने ३५ वर्षीय बिनेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

तेसैगरी रामपुरबाट फतेपुरतर्फ जाँदै गरेको स।३ प ३६०३ न.ं मोटरसाइकल इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१७ विरौटाबाट करिब ६ सय ग्राम गाँजा सहित स्याङ्जा पुतलीबजार न.पा.–४ का २० वर्षीय सन्दिप थापा लगायत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ग।१० प २२२४ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई गाँजा सहित फेला पारी पक्राउ गरिएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ३ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बाँसगढी नगरपालिका–३ का २६ वर्षीय उमेश खत्री लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरूलाई लागु पदार्थ र नहद १० हजार १ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैयाबाट करिब १ किलोग्राम चरेशसहित सोही स्थान बस्ने ६५ वर्षीया सुनैना साह लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी छप्कैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले साहको घरको ट्वाईलेटको ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस