आज: २०८३ जेष्ठ ८, शुक्रबार | Fri, 22, May, 2026

भारतीय बसको ठक्करबाट धादिङको गल्छीमा श्रीमानको मृत्यु,श्रीमतीको अवस्था गम्भीर

२०८३ जेष्ठ ८, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता
धादिङ -८ जेठ ।
पृथ्वी राजमार्ग अन्तर्रगत धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय बसको ठक्कर एक जनाको मृत्यु भएको छ । साथै अर्की एक जना महिलासमेत गम्भीर घाइते भएकी छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा गजुरी गाउँपालिका–५ का ५२ वर्षीय सोमबहादुर राई रहेका छन्। उनीसंगै दुर्घटनामा ५५ वर्षीया श्रीमती माया राईसमेत घाइते भई उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी एव्ं प्रहरी नायव उपरीक्षक प्रकाश दहालले जानकारी दिनु भयो ।

बिहिबार साँझ अ.५ बजेर ४० मिनेटको समयमा काठमाडौंबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको बसले सडक पार गर्ने क्रममा पैदलयात्री राईका दम्पतीलाई ठक्कर दिएको हो। दुर्घटनापछि दुवैलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको भएपनि उपचारको क्रममा श्रीमान् सोमबहादुर राईको मृत्यु भएको छ भने उनका श्रीमती माया राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थाकी श्रीमती माया राईलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै दुर्घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस