आज:  | Sat, 18, May, 2024

चिनिया नागरिक सहित ४१ जनालाई तीनकुने स्थित स्काई वर्ड सर्भिस प्रा.लि.कल सेन्टर बाट पक्राउ ।

११ श्रावण २०७९, बुधबार १४:२४ मा प्रकाशित ( १ साल अघि) २३२ पाठक संख्या
नारी बाटिका


२०७९ साउन ११ वुधवार
काठमाडौं ।
चिनिया नागरिक सहित ४१ जनालाई तीनकुने स्थित स्काई वर्ड सर्भिस प्रा.लि.कल सेन्टर बाट पक्राउ ।

काठमाण्डु तीनकुने स्थित नेपाल प्रहरीले स्काई वर्ड सर्भिस प्रा। लि। को नाममा कल सेन्टर संन्चालन गरी अवैध धन्दा चलाउदै आएका चिनिया नागरिक सहित ४१ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष रहेका छन् । पक्राउ परेकाहरु मध्य ८ जना प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा लगिएको छ । गौशाला प्रहरी वृत्त कार्यालयमा छापा मार्दा,प्रहरीलाई समेत बाधा गर्ने ८ महिलालाई लगिएको हो ।
आइतबार बुटवलबाट चिनियाँ नागरिकले संञ्चालन गरेको कल सेन्टरबाट सञ्चालक सहित डेढ सय युवायुवतीहरु पक्राउ परेका थिए ।
यि त १ पात्र मात्र भए । पछिल्लो अवस्थामा नेपालका वेरोजगारीको संख्यामा पनि वृद्धी भैई रहेकोले पनि धेरै जिल्लाका ठुला देखी साना चिया पसल,होटल रेष्टुरेन्ट,बिउटी पार्लर,कल कारखाना लगायतका क्षेत्रका केही ब्यक्तिीहरुले स्वदेशी अथवा विदेशी नागरिकको सहारा लिएर सामाजिक संन्जाल तथा विभिन्न टेक्नोलोजीको प्रयोग गरी बाहिर बाट झट्ट हेर्दा एउटा व्यवशाय जस्तो देखिएता पनि भित्री रुपमा २ नंं. धन्दा संन्चालन गर्ने गरेका पाईन्छ ् । तर उजुरी नगरिकन नेपाल प्रहरी,स्थानिय सरकारले तेता तर्फ ध्यानै नदिने (सोधी खोजी,छड्के चेक जाँच तथा निरिक्षण नगर्ने समस्याको कारण हाम्रो समाजमा थुप्रै् युवा युवतीहरुलाई रोजगारीको प्रलोभन तथा जवर्जजस्ति रुपमा अवैधयस्ता धन्दामा संलग्न गराउने गरेको पाईएको छ । वेलैमा यस क्षेत्रमा काम गर्ने सरकारवाला हरु सचेत हुन जरुरी रहेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस