
नारी बाटिका
२०७९ साउन १४ शनिवार
धादिङ 😭 एससीई परिक्षा २०७८ को रिजल्ट सार्वजनिक भए संगै धादिङ धुनिवेशी आवासीय बोर्डिङ्ग स्कुल धादिङ बाट परिक्षामा सहभागी भएकी ईशा सुवेदीले आफूले सोचेको जस्तो अंक नआएको कारणले गर्दा विक्षिप्त हुदै आत्महत्या गरेकी छन् । यएकातिर कलिला उमेरमा किश्वर किश्वरीहरुमा सोचेको कुरा,आवाश्यकता परेको कुरा प्राप्त गर्न नसक्दा तुरुन्तै गलत निर्णय लिने गरेको अवस्था पाईन्छ । अर्को तिर पछिल्लो अवस्थामा विभिन्न सामाजिक संन्जाल माध्यममा देखाउन र सुनाउनका लागी भएपनि जिपिए र ग्रेट लेखेर राख्ने गरिन्छ । भने वरपर चिया पसल,र्चातारा,पानी पँधेरोमा २ जना भट्ने वित्तिक्कै फलानाको छोरा ले यति ल्यायो, ढिस्कनाको छोरीले उती ल्यायो भनेर हिसाव किताव मात्रै हैन उनका पुरै भविश्यं वाणीं गरेर मानसिक टर्चर दिने गरिन्छ । कलिलो वाल मस्तिष्कमा सोचाइको शिकार बन्न पुग्दछन् । यस अघी पनि यस्ता खबर नसुनेको हैन । यस वर्षपनि रिजल्ट भएकै दिन वेलुकी यस्ता दुखद विषय दोहोरिदा हामी सवैलाई सार्है दुखित बनायो ।
अभिभावकले अघिपछी अध्ययनको समयमा नानी बाबुहरुलाई सकारात्मक दिशामा डोहोर्याउनका लागी उचित पारिवारिक भुमिका खेल्नु पर्ने हुन्छ परिक्षामा कम ग्र्ट नम्वर ल्याउदा मानसिक टचर नदिऔ । धेरै नम्वर र ल्याउदैमा फुर्कने र नल्याउँदैमा वर्वाद हुने हैन । क्षेमता मापन केही घण्टाको परिक्षाले गर्न पनि सक्दैन । तसर्थ परिक्षाफल जस्तो आएपनि सर्वदा आफ्नो नानीबाबुलाई प्रसंशा गर्ने बानी बसालौ । हिजो आज कतिपय आमा बावु तथा अभिभावकले पनि कुलत बाटो तर्फ हिडीरहेको पाइन्छ । आफ्ना बालबच्चालाई मात्रै गाली गरेर नभई आफुले पनि खराव बानीबेहोरा बाट टाढै रहन सक्यौ भने त्यो नै हो नानी बावुहरुले सिक्ने र उनिहरुको भविश्य कस्तो वनाउने भन्ने शिक्षा लिन सक्नेछन् । पछिल्लो समयमा नेपाली समाजमा मौलाउदै गएको देखासिकी पन ….आफ्नो आर्थिक,सामाजिक,क्षमता,योग्योता वा सिप र विवेक होस् नहोस् अरुलाई देखाउन र डोमिनेट गरी तल गिराउनकै निमित्त भएपनि चडकभडक र हैसियत भन्दा बढी गरी हिड्नु पर्ने ? सामाजिक रुपमा कुरा काट्ने अरुलाई होच्याउने ब्यवहारले क्षमता र योग्यता हुंदा हुंदै पनि कलिला किश्वर किश्वरीहरुमा सायद परिक्षामा कैही कुनै कमजोरीले हुन सक्छ सोचेजति अंक आउन सकेन तर परिक्षा अनेक जिवन एक भनि बुझ्न नसक्दा सयौं ईशा को ज्यान नजाओस् । यही हाम्रो कामना ,,,,, साथै हार्दिक श्रदान्ज
निशा सुवेदीलाई हाम्रो हार्दिक श्रदान्जली ।







प्रतिक्रिया दिनुहोस